शुक्रबार, चैत १६, २०८०

नेप्से गिरावट अस्वभाविक, लगानीकर्ता संगठनले जारी गरे यस्तो विज्ञप्ति !

नेपालखोज २०७६ फागुन २७ गते १७:५१

काठमाडौँ । सेयर बजारमा अस्वभाविक गिरावट आएपछि लगानीकर्ताका संगठनहरुले विज्ञप्ति जारी गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै नेप्सेमा आएको अप्रत्याशित गिरावटले आफूहरु चिन्तित र मर्माहत भएको उल्लेख गरेका छन् । नेपालको समग्र आर्थिक अवस्थामा कुनै खास नकारात्मक परिवर्तनहरु देखिएका छैनन् ।

सेयर बजारलाई प्रत्यक्ष असर पर्ने कुनै गतिविधिहरु समेत नभएको अवस्थामा अस्वभाविक गिरावट आउनुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको विज्ञप्तिमा उल्लेख छ । कोरोना लगायत अन्य त्रास फैलाउने नकारात्मक हल्लाको पछि नलागी स्वविवेक प्रयोग गरेर लगानी गर्न समेत आम लगानीकर्तासँग उनीहरुले आग्रह गरेका छन् ।

सरकारले पनि बजार सुधारका कार्यक्रम अघि बढाइरहेका छन् । यस्तो अवस्थामा धैर्य गर्न समेत उनीहरुले लगानीकर्तासँग भनेका छन् । साथै, नियामक निकायहरुले पछिल्लो बजार गिरावटका बारेमा गम्भीर अध्ययन तथा विश्लेषण गरी समाधानका उपायहरु खोज्न समेत माग गरिएको छ ।

प्रतिक्रिया