शनिबार, असोज २६, २०८१

संघीय संसद : सांसदलाई उपत्यका बाहिर नजान अनुरोध

नेपालखोज २०७७ वैशाख ३० गते १९:१९

काठमाडौं । कोरोना परीक्षण गरेका सांसदलाई उपत्यका बाहिर जान र संसद बाहेकका अन्य काममा नजान संसद सचिवालयले अनुरोध गरेको छ ।

कोरोनाको जोखिम बढेको र अन्य स्थानमा हिँड्दा संक्रमण हुन सक्ने जोखिमका कारण सांसदहरुलाई संघीय संसद सचिवालयले यस्तो सूचना जारी गरेको सह प्रवक्ता दशरथ धमलाले बताए ।

त्यस्तै राजनीतिक दलहरुले पनि सांसदलाई अन्य स्थानमा नजान ह्विप जारी गरेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचेतकले सबै पार्टि्भित्र यस्तो ह्विप जारी गरेका हुन् ।

यसअघि पनि दुवै सदनका कार्य व्यवस्थाले पनि सांसदहरुलाई संसद र समिति बाहेक अन्य स्थानमा जान नपाउने निर्णय गरेको थियो।

प्रतिक्रिया