निद्रा लाग्ने औषधि सेवनले स्वास्थ्यमा पर्ने असरहरु
यस्ता छन् निद्रा लाग्ने औषधिको सेवनबाट स्वास्थ्यमा पर्न सक्ने असरहरुः
१. गर्भावस्थाका शिशुलाई हानिकारक
गर्भवती महिलाले निद्रा लाग्ने औषधिको प्रयोग गर्भमा रहेको बच्चाका लागि हानिकारक हुन्छ । धेरैजसो अवस्थामा चिन्ताका कारण निद्रा नलाग्ने हुन्छ ।
चिन्ता बढ्दै जाँदा गर्भवती महिलाको पेटमा भएको बच्चामा विभिन्न प्रकारका शारीरिक असर पर्न सक्छ । यदि गर्भावस्थामा निद्रा नपर्ने समस्या देखियो भने डाक्टरको सल्लाहअनुसारको औषधि मात्र सेवन गनुपर्दछ ।
२. हृदयघातको निम्तो
निद्रा लाग्ने औषधिको प्रयोगले मानिसमा हृदयघातको जोखिम बढ्ने डाक्टरहरू बताउँछन् । यस्तै, वैज्ञानिकहरूका अनुसार निद्रा लाग्ने औषधिको लगातार सेवनले मुटुसम्बन्धी विभिन्न रोगहरू उत्पन्न गर्न सक्छ । यस्ता औषधिको सेवनले रक्तचाप बढ्ने, टाउको दुख्ने, रक्तनलिमा समस्या हुने गर्दछ ।
३. कोमामा जाने खतरा
जो मानिस दिनको एक चक्कीभन्दा बढी निद्रा पर्ने औषधि सेवन गर्छन्, ती मानिस कोमामा जाने खतरा बढी हुन्छ । दमको समस्या भएका मानिसमा यस्तो खतरा ज्यादा हुन्छ ।
४. सम्झने शक्तिमा ह्रास
लामो समयसम्म निद्रा पर्ने औषधि प्रयोग गर्ने मानिसको सम्झने शक्ति कमजोर हुने गर्दछ । निन्द्रा पर्ने औषधिले मानिसको मस्तिष्कमा असर गर्छ । जसका कारण मानसिक रोगहरूको जोखिम बढ्छ ।
५. थकान बढ्ने
दैनिक निद्रा पर्ने औषधिको सेवन गर्ने मानिसमा आलस्य, थकान देखिने गर्छ । धेरै औषधिको प्रयोग गर्दा भोक पनि हराउँदै जान्छ ।
प्रतिक्रिया