मंगलबार, जेठ १५, २०८१

राप्रपा एकिकरण सभामा गीता हातमा लिएर यस्तो कसम खाए कमल थापाले !

नेपालखोज २०७६ फागुन २८ गते १५:०५

काठमाडौँ । पूर्वपञ्चहरुको पार्टीका रुपले चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीका २ धार (राप्रपा र राप्रपा संयुक्त) बीच बुधवार एकीकरण घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणको घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले राप्रपा एकताले नेपालमा वैकल्पिक धारको उदय भएको दाबी गरे । उनले गीता ग्रन्थमा हात राखेर आफुले अब पार्टी नफुटाउने कसम समेत खाए । उनले भने, ‘म आज तपाईंहरुलाई राष्ट्रियसभागृहमा उपस्थित सम्पूर्ण कार्यकर्ता, देश र विदेशबाट हेरिरहनुभएका साथीहरुलाई साझी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन ।’

उनले पार्टी नफुटाउने वाचा गर्दै गर्दा दर्शकदिर्घाबाट विश्वासको नजर नपाए पश्चात उनले तुरुन्त गीताको पुस्तिका लिएर बाचा गरे। उनले पुस्तिका हातमा लिए अनि भने, तपाईंहरुलाई विश्वास लागेन ?, मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर हामी हिन्दू राष्ट्र चाहने, सनातन धर्मका पक्षपातीहरु यो गीता हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापी फुट्न दिने छैन।

यस पश्चात उनले अन्य अध्यक्षलाई समेत बन्धनमा बाध्ने रणनीति अपनाउँदै गीतालाई आफ्नो हातबाट छोडे । पुस्तक छोड्दै उनले भने, ुयो गीता उहाँहरुलाई पनि चाहिन्छ कि म यहीँ छाडेर जान्छुु, ।

उनले पार्टी फुट्नुमा केवल नेतृत्व मात्र दोषी नभएको जिकिर पनि गरे । उनले कार्यकर्ताले पार्टी फुटाउने पक्षमा हस्ताक्षर नगरे पार्टी नफुट्ने बताए । उनले भने,  ‘तपाईंहरु नेताको पछि होइन, नीतिको पछाडि लाग्नुभयो भने पार्टी फुट्दैनु, ।

‘ कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको मिलन मात्र होइन, नेपालको राजनीतिमा बलियो र तेस्रो वैकल्पिक राजनीतिक धारको स्थापना भएको छ,’ थापाले भने, ‘कांग्रेस र कम्युनिस्टबाट वाक्क भएका जनताले भोट हाल्ने ठाउँ पाएका छन्, उनले भने । अध्यक्ष थापाले आफूहरू राजनीतिक परिवर्तनकाविरोधी नभएको जिकिर गरे ।

‘हामी सनातन हिन्दूधर्म सहितको राजतन्त्र स्थापनाको पक्षमा छौं, राजादेखि लिएर विप्लवसम्म अट्ने विश्वकै मौलिक लोकतन्त्रको पक्षमा छौं, ।

प्रतिक्रिया