आइतबार, माघ २७, २०८१

सैनिक अधिकृतले सार्वजनिक गरेनन् सम्पत्ति

नेपालखोज २०७६ फागुन २९ गते ६:४०

काठमाडौं । नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् ।

Advertisement

उनले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक गरेयता पाँच अधिकृतले मात्रै आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छन् ।

आफ्नो तीन वर्षे कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा गत भदौ २४ मा जंगी अड्डामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सेनाको वेबसाइटमा सम्पूर्ण सम्पत्ति विवरण राखेको जानकारी दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया