सोमबार, माघ २८, २०८१

ओडिशामा होली खेलेर नुहाउने क्रममा १५ जनाको मृत्यु

नेपालखोज २०७६ फागुन २९ गते ७:२२

काठमाण्डौँ । भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको ज्यान गएको छ । मङ्गलबार होली मनाएर नुहाउने क्रममा विभिन्न ठाउँमा भएका घटनामा १५ जनाको ज्यान गएको सुरक्षा अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

Advertisement

विभिन्न नदी तथा पोखरीमा नुहाउने क्रममा डुबेका १५ जनाको शव भेटिएको खबरमा उल्लेख छ । अघिल्ला वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको ज्यान जाने गरेकोले यस वर्ष स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो । प्रशासनको निगरानीकै बीच नुहाउन गएकाहरुको ज्यान गएको हो ।

होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो । कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले यो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

उनले कटकमा ज्यान गुमाएका तीन जनाको परिवारलाई चार लाख भारु सरकारको तर्फबाट दिइने बताए ।

प्रतिक्रिया