बिहीबार, जेठ २, २०८२

नियमित व्यायामका सकरात्मक पक्ष

नेपालखोज २०७९ मंसिर २२ गते ६:३८

नियमित व्यायामले हाम्रो स्वास्थयमा सुधार हुन्छ तर व्यायाम गर्न नजान्दा शरीरलाई हानी पनि पुर्याउछ ।
हाम्रो शरीरलाई दैनिक थोरै मात्रामा शारीरिक सकि्रयताको आवश्यकता हुन्छ । नियमित व्यायामले हाम्रो शारीरिक विकास बढाउँछ र हाम्रो समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ । धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु विभिन्न किसिमका गम्भिर समस्याहरुको कारण बन्न सक्छ ।

यसमा शारीरिक स्थितीहरुको साथसाथै मानसिक स्थिती पनि पर्छन् । स्वास्थ्यको दृष्टिले व्यायामका कैयौं फाइदाहरु छन् । तर, अहिले हामी यस्तो जीवनशैलीमा घोटिएका छौं, जसमा नियमित व्यायामको लागि समय मिल्दैन ।

व्यायामका धेरै सकरात्मक पक्ष छन् भने केही नकरात्मक पक्ष छन् । व्यायामका नकरात्मक पक्षतिर भने कमै मानिसहरुको ध्यान जान्छन् । वास्तवमा अत्याधिक व्यायाले प्रजनन् स्वास्थ्यमा पनि दुष्प्रभाव पार्न सक्छ ।

सकारात्मक पक्ष
१. मुटुको स्वास्थयमा सुधार
हाम्रो मुटुको स्वास्थ्य सिधै हाम्रो शारीरिक सकि्रयतासँग जोडिएको हुन्छ । हामी जति शारीरिक रुपले जति त्यति नै मुटु स्वस्थ हुन्छ । जो मानिसहरु दैनिक शारीरिक रुपले धेरै सकि्रय हुँदैनन् उनीहरुलाई मुटुसँग जोडिएका विभिन्न रोगहरु लाग्न सक्छ ।

२. राम्रो निन्द्रा आउने
विभिन्न अध्ययनहरुबाट नियमित अभ्यास गर्ने मानिसहरुलाई रातमा निन्द्रा पनि राम्रो आउने प्रमाणित भएको छ । यस्तो यसकारण हुन्छ किनभने व्यायामको कारणले हाम्रो शरीरका सर्केडियन रिदम मजबुत हुन्छ जसले हामीलाई सक्रिय राख्न मद्धत गर्छ । यसै कारणले रातमा राम्रो निन्द्रा आउँछ ।

३. शारीरिक उर्जा बढ्छ
हामीमध्ये कैयौं मानिसहरुको मनमा व्यायामलाई लिएर कैयौं किसिमको भ्रमहरु हुन्छन् जस्तै व्यायामले हाम्रो शरीरको सबै उर्जा सोस्छ र तपाईं दिनभर कुनै काम गर्न पाउनुहुन्न । खासमा हुने यसको ठिक उल्टो हो ।

व्यायामको कारणले तपाईं दिनभर सकि्रय हुनुहुन्छ । किनभने व्यायामको क्रममा हाम्रो शरीरमा केही खास किसिमका हार्मोनहरु रिलिज हुन्छन् जसले हामीलाई दिनभर एक्टिभ बनाइराख्न मद्धत गर्छ ।

४. आत्मविश्वास बढाउँछ
नियमित रुपले व्यायाम गरेर तपाईं आफ्नो शरीरलाई त्यो पर्फेक्ट आकारमा ल्याउन सक्नुहुन्छ जस्तो तपाईं चाहनुहुन्छ । यसले आत्मविश्वास पनि बढ्छ । शरीरको उत्तम बनावट र सकरात्मक सोचको कारणले तपाईं आफ्नो घर वा कार्यालयमा पनि पहिलेभन्दा धेरै राम्रो तरिकाले काम गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया