शनिबार, फागुन ३, २०८१

आज बादल लागेर केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

नेपालखोज २०७६ फागुन २९ गते ८:३३

काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार आज पश्चिमी क्षेत्रमा बादल लागेर दिउँसो केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

Advertisement

अहिले पश्चिमका धेरैजसो ठाउँ तथा मध्य र पूर्वका पहाडी भेगमा बादल लागेको र पश्चिमका केही ठाउँमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

बिहीबार आज बेलुकी पहाडका केही ठाउँमा हावाहुरी, चट्याङ तथा केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज मौसम खुल्ने र बादल लाग्ने क्रम चलिरहने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया