कोरोना संक्रमितको संख्या भारतमा ६० पुग्यो, विदेशबाट आउनेको भिसा रद्द
नेपालखोज
२०७६ फागुन २९ गते ९:१६
एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरस भारतमा पनि रफ्तारका साथ फैलिरहेको छ । भारतमा संक्रमितको संख्या ६० पुगेको छ ।
सबैभन्दा बढी संक्रमित केरल राज्यमा भेटिएका छन् भने उत्तरदेखि दक्षिणका ११ राज्यमा संक्रमण फैलिएको छ ।
राज्यगत रुपमा महाराष्ट्रमा ५, केरलमा १४, कर्नाटकमा ४, तमिलनाडुमा १, राजस्थानमा ३, तेलंगानामा १, जम्मु कश्मीरमा १, लद्दाखमा २, दिल्लीमा ७, हरियाणामा १४ र उत्तर प्रदेशमा ७ जनामा कोरोना भएको पुष्टि भइसकेको छ ।
भारत सरकारले विदेशबाट आउनेहरुका लागि १५ अप्रिलसम्मका लागि भिसा रद्द गर्ने निर्णय गरेको छ । तर यो प्रतिबन्ध राजनीतिज्ञ, राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संगठनका कर्मचारीका लागि भने लागू हुनेछैन् ।
सम्बन्धित
प्रतिक्रिया