कारागार र पशु स्वास्थ्य विधेयक दफावार छलफलकालागि पठाइयो
नेपालखोज
२०७६ फागुन २९ गते १३:५७
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘कारागार विधेयक, २०७६’ र कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेको ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया