बिहीबार, माघ २४, २०८१

सरकारी चिकित्सकहरुको मिलेमतोमा गैरकानुनी रुपले इसान बाल अस्पताल सञ्चालन 

नेपालखोज २०७६ फागुन २९ गते १५:१६

काठमाडौं । स्वास्थ्य सेवालाई समाजसेवाको रुपमा चर्चा गरेपनि नेपालको स्वास्थ्य क्षेत्र भने व्यापारिकणमा परिणत बन्दै गईरहेको छ । पैसा नभएर उपचार गर्न पनपाएर मरेका धेरै व्यक्तिहरु छन् ।

Advertisement

त्यस्तै कतिपयले आत्महत्या समेत गरेका चर्चा बाहिर आउने गरेको छ । सरकारी अस्पतालहरुले गुणस्तरीय स्वास्थ्य उपचार गर्न नसकेको मौकामा च्याउ सरी सञ्चालनमा आएका निजी अस्पतालहरु सरकारी मापदण्डलाई गिज्याउँदै आफू खुशी अस्पताल चलाई रहेका छन् ।

काठमाडौंमा यस्तो धेरै अस्पतालहरु छन् जसले राज्यको नीति नियमलाई नै धज्जी उडाउँदै आईरहेको देखिन्छ । त्यही मध्येको एक हो बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पताल ।

सरकारी जग्गा अतिक्रमण गरी अस्पताल बनाएको आरोप स्थानीयको छ । अस्पतालले सरकारी जग्गा अतिक्रमण मात्र गरेको छैन अस्पतालको बेडको क्षमता विस्तारका लागि अनुमति नलिई सेवा गर्दै आईरहेको छ ।

२५ बेडको अनुमति लिएर ७५ बेड सञ्चालन

जिल्ला जनस्वास्थ्य कार्यालयबाट २५ बेडको अनुमति लिएर सञ्चालन भएको सो अस्पतालले ७५ बेड सञ्चालन गरेर गैरकानूनी काम गरिरहेको छ । अस्पतालको अनुगमनमा पुगेका स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर अस्पतालको अनुगमन गरे जस्तो मात्र गर्दै आईरहेका छन् । गैरकानूनी रुपमा अस्पताल सञ्चालन हुँदा पनि स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु भने आर्थिक प्रलोभनबाट नै मख्ख देखिएका छन् ।

टिचिङ र वीर अस्पतालका डाक्टर इसानको सञ्चालक

सरकारी जागिर खाएका चिकित्सकहरुले नै सञ्चालन गरेका कारण पनि इशान अस्पताले आफ्नो गैरकानूनी कार्यलाई लुकाउन सफल भएको छ । अस्पतालका अधिकाशंक चिकित्सक शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरु नै रहेका छन् ।

नियमानुसार सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले प्राइभेट अस्पताल खोल्न पाइँदैन । तर शिक्षण अस्पतालमा आउने बिरामीलाई इशानमा लाने र चर्को शुल्क असुल्ने गरेका छन् ।

प्रहरी अस्पतालका प्रमुख एआइजी डा आशा सिंह पनि त्यो अस्पतालका लगानीकर्तामध्येकी एक रहेको श्रोतले जनाएको छ । उनकै संरक्षणमा उक्त अस्पतालले गैरकानूनी रुपमा २५ बेडको स्वीकृति लिएर ७५ बेड संचालन गरेको बुझिएको छ ।

शिक्षण अस्पताल महाराजगंजका गाइनोका डाक्टर गीता गुरुङ इशान अस्पतालको संचालक हुन् । सरकारी सेवामा रहेर अर्को प्राइभेट अस्पतालको संचालक हुन पाइँदैन ।

वीर अस्पतालको एनेस्थेसिया प्रमुख डा. शान्ता सापकोटा पनि इशान अस्पतालको संचालक हुन् । यसरी सरकारी अस्पतालमा जागिर खाने र प्राइभेट अस्पतालमा लगानी गरी संचालक हुनेमाथि शिक्षण अस्पतालको प्रशासन र स्वास्थ्य मन्त्रालयले कारबाही गर्न सकेको छैन ।

यी दुई डाक्टर उक्त अस्पतालका संचालक हुन् भन्ने कुरा शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्का र वीर अस्पतालका डा. केदार सेञ्चुरीलाई पनि जानकारी छ । तर, उनीहरूले कुनै पनि कार्वाही प्रक्रिया अगाडि बढेको देखिँदैन ।

आपूर्ति विभागले उपत्यकाका अस्पतालले उपचारका नाममा ठगी गरेको भन्दै आवश्यक कारबाहीका लागि २०७४ पुस १७ मा प्रहरीलाई कारबाहीका लागि पत्र पठाएको थियो ।

विभागका तत्कालीन महानिर्देशक कुमार दाहालका अनुसार अनुगमनमा इशान अस्पतालले बेड, बेड चार्ज डिलक्स गरी एकै शीर्षकमा दुई पटकसम्म बिरामीबाट चर्को शुल्क असुल गरेको, गेट पास चार्ज, अपरेसन चार्ज, प्रक्रिया चार्ज, प्रि एनेक्स चार्ज तथा बिरामी कुरुवाको समेत शुल्क असुल गरेको भेटिएको थियो ।

यसरी बिरामी लुट्ने उक्त अस्पतालमा सरकारी डाक्टर नै संलग्न रहेका छन् । र, उनीहरूले उक्त ठगी मुद्दा पनि पैसाकै बलले कारबाही हुनबाट रोकेका छन् ।

प्रतिक्रिया