बिहीबार, वैशाख १३, २०८१

जनकपुरधाममा सोमबार रातिदेखि निषेधाज्ञा

नेपालखोज २०७७ साउन १८ गते १८:०१

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै जिल्ला सुरक्षा समितिले एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

प्रेस विज्ञप्ती जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह समेत गरेका छन ।

अति नै महत्वपूर्ण स्वास्थ्य उपकरण, औषधि, खानेपानी, इन्धन तथा खाद्यन्न ढुवानी भने संचालनमा रहने छन् ।  स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको भट्टराईले जानकारी दिए ।
कोरोना संक्रमणदर बढेसँगै यसअघि प्रदेश २ को बीरगंज, राजविराज र जलेश्वरमा निषेधाज्ञा जारी गरिसकिएको छ ।

प्रतिक्रिया