शुक्रबार, वैशाख ७, २०८१

टुटल र पठाओको सेवा कसैले पनि वन्द गर्न सक्दैन : मन्त्री नेम्वाङ

नेपालखोज २०७६ फागुन २९ गते १७:३४

 

काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको टुटल र पठाओ एप्सका माध्यमबाट जनतालाई दिईरहेको यातायातको सुविधा रोक्न सरकारी निकायृ यातायात व्यवस्था विभाग लागेको छ ।

भ्रष्टाचारको प्रमुख मुहानका रुपमा रहेको यातायात व्यवस्था विभागले आम नागरिकहरुले २४ खै घण्टा सहज र सुरक्षित यातायात सेवा लिइरहेको टुटल र पठाओलाई बन्द गर्ने प्रयास निरर्थन छ ।

विभागले टुटल र पठाओलाई सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १२ को उपदफा १ लाई इंगित गदैृ सेवा वन्द गर्न जारी गरेको विज्ञप्ति प्रति आम नागरिकमात्र होइन स्वयं यातायात व्यवस्था तथा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ नै रुष्ट देखिएका छन् ।

मन्त्री नेम्वाङ यतिखेर टुटल र पठाओको पक्षमा उभिएका छन् । मन्त्री नेम्वाङ भन्छन्, ‘टुटल र पठाओ लाई कसैले पनि रोक्न सक्दैन । यो सेवाका बारेमा विभागले बोल्न मिल्दैन।’

वितगमा पनि पठाओ र टुटुल वन्द गर्नका लागि पहल नभएको भने होइत । त्यसबेला ( गत मंसिर २९ गते) व्यवासयीहरुले दायर गरेको रीटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल टुटल र पठाओ बन्द गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । तर, यातायात व्यवस्था विभागलाई भने कारण देखाउ आदेश जारी गर्‍यो ।

प्रतिक्रिया