मंगलबार, वैशाख १६, २०८२

आजको मौसम : देशभरको मौसममा बदली, मेघगर्जनसहित चट्याङ र हावाहुरीको सम्भावना

नेपालखोज २०७६ फागुन ३० गते ७:०२

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार देशभर मौसममा सामान्य बदली रहने छ । आज काठमाडौं उपत्यकामा पनि बिहानैदेखि कालो बादल लागि रहेको छ ।

पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । महाशाखाका अनुसार देशभर शुक्रबार आजराति सामान्यदेखि पूर्ण बदली रहनेछ ।

पश्चिमी भू–भागलगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया