मंगलबार, वैशाख १६, २०८२

तनहुँमा बाबु छोरी झुन्डिएको अवस्थामा फेला परे

नेपालखोज २०७६ फागुन ३० गते १०:४२

तनहुँ । तनहुँमा बाबु–छोरी मृत अवस्थामा फेला परेका छन् । तनहुँको ब्यास नगरपालिकास्थित पोखरीभञ्ज्याङमा बाबुछोरीको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका २३ वर्षीय पुनम परियार र उनका दुई वर्षीया छोरी पूजालाई बिहीबार दिउँसो उनीहरुकै घरमा झुन्डिएको अवस्थामा फेला पारिएको हो ।

उनीहरुलाई घरको दोस्रो तल्लाको बलोमा साडीको पासो लगाई एकै ठाँउमा झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो ।

घटनाको बारेमा थप छानबिन र अनुसन्धान अधि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

प्रतिक्रिया