आइतबार, माघ २७, २०८१

सुनको मूल्य तोलामा तीन हजारले घट्यो

नेपालखोज २०७६ फागुन ३० गते १३:०८

काठमाडौँ । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा तीन हजार रुपैयाँले घटेको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।

Advertisement

महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य रु ८२० कायम भएको छ ।

प्रतिक्रिया