बिहीबार, माघ २४, २०८१

कोरोनाको संक्रमण रोकथाम गर्न अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

नेपालखोज २०७६ चैत १ गते ८:१६

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर कोरोना भाइरसको प्रकोप बढिरहेको अवस्थामा राष्ट्रिय अपतकाल घोषणा गरेका छन् ।

Advertisement

मार्च १३ तारिक शुक्रबार अपरान्ह ह्वाइटहाउसमा एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् । उनले तीब्र गतिमा फैलिएको यो भाइरसको नियन्त्रण गर्न ५० बिलियन अमेरिकी डलर रकम तत्कालका लागि छुट्याएको घोषणा पनि गरेका छन् ।

घोषणाअनुसार, कतिपय कानुनी अप्ठ्याराहरु फुकाइएको छ भने स्वास्थ मन्त्रीलाई यसबारे निर्णय गर्ने असिमित अधिकार प्रत्यायोजन गरिएको छ ।

राष्ट्रपति ट्रम्पको घोषणाअनुसार, अमेरिकाले तत्कालदेखि प्रभावकारी आपतकालीन अपरेशन शुरु गर्नेछ । उनले गुगलमार्फत सक्रियरुपमा कोरोना भाइरस संक्रमित भए नभएको परिक्षण गर्ने जानकारी पनि दिएका छन् । जसअनुसार, गुगलमार्फत नै लक्षणहरु बारे जानकारी लिएर सम्भाव्य संक्रमितलाई ल्यावको ड्राइभ थ्रुमै राखेर त्यहीं नमुना लिई परीक्षण गरिने छ ।

उनका अनुसार, अमेरिकाभरका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई कोरोना भाइरसबिरुद्ध लड्न तयारी अवस्थामा राखिसकिएको छ भने निजी स्वास्थ्य संस्थाहरु र औषधि उत्पादकहरुले पनि यसविरुद्ध लड्न सरकारलाई सक्रिय सहयोग गर्ने छन् ।

उनले पत्रकार सम्मेलनमा अमेरिकाका ठूला स्वास्थ्य सेवा प्रदायकका प्रमुखहरुलाई पनि प्रतिबद्धता जनाउन प्रस्तुत गरेका थिए। यसअघि विश्व स्वस्थ्य संगठनले नोबल कोरोना भाइरसलाई स्वास्थ्यसम्बन्धी विश्वव्यापी महामारी भएको घोषणा गरिसकेको छ।

प्रतिक्रिया