धनुषामा घरेलु रक्सी पिउँदा १२ जनाको मृत्यु, ७ जना पक्राउ
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा रक्सी पिउँदा १२ जनाको मुत्यु भएपछि घरेलु मदिरा उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार स्थानीय रमानन्द साह, तारा पट्टीबालि भनिने छठियादेवी मण्डल, धुरण यादव, जगतकुमार यादव, शीतलदेवी यादव, महोतरीका जगतनारायण मण्डल, धनुषाका नवीन यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको अनुसन्धान र सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
महोत्तरीको भंगहामा उत्पादन गरिएको मदिरा नवीनले रमदैयामा ल्याएर छठियालाई बेच्न दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घरेलु मदिरा पिउँदा बिरामी भएका थप तीन जनाको उपचारका क्रममा मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
उपचारका क्रममा स्थानीय इन्द्रजीत महरा, शत्रुधन मण्डल र माउसराम यादवको हिजो मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि गत बुधबार र बिहीबार गरी ५ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया