आइतबार, वैशाख २३, २०८१

चौबीस घण्टामा थप २३६ जनामा संक्रमण पुष्टि, ३०७ डिस्चार्ज

नेपालखोज २०७८ मंसिर २५ गते १७:३०

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १९४ र ३ हजार ५०६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४२ जना गरि कुल २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ५ हजार ८८३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३०७ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५५३ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २ लाख ६६ हजार ९८८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया