सोमबार, फागुन ५, २०८१

भक्तपुरमा टिपरको ठक्करले बालकको मृत्यु

नेपालखोज २०७६ चैत १ गते १५:५०

काठमाडौं । खेल्दै गरेका एक बालकको टिपरको ठक्करबाट मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनीटिपरको ठक्करबाट मृत्यु भएको हो ।

Advertisement

मृत्युहुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मध्यपुर अस्पताल ठिमी र्पुयाउने क्रममा बालकको मृत्यु भएको जनाइएको छ ।

प्रहरीले सवारी साधन र सवारी चालक भक्तपुर नगरपालिका–९ च्यामासिं बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

प्रतिक्रिया