मंगलबार, वैशाख ११, २०८१

विराटनगरमा मेयरमा २१ हजार ३५८ र उपमेयरमा ३४ हजार १६७ मत बदर

नेपालखोज २०७९ जेठ ७ गते १४:५१

विरानगर । विराटनगर महानगरपालिकामा हजारौं मत बदर भएको छ । मेयर पदमा लगभग २४ प्रतिशत मत बदर भएको छ । उपमेयरमा ३८ प्रतिशत मत बदर भएको छ । मेयरमा बदर मत मात्रै २१ हजार ३५८ छ । उपमेयरमा ३४ हजार १६७ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार मेयर पदमा सदर मत ६८,०३६ छ । उपप्रमुखमा भने सदर मत ५५,२२९ भएको तथ्यांक छ । सबैभन्दा बढी वडा नम्बर ६ मेयर रउपमेयरको म तबदर भएको जनाइएको छ । उक्त वडामा उपमेयरमा ३ हजार ८ सय ७ मत बदर भएको छ । मेयरमा भने १ हजार ९ सय ६५ मत बदर भयो । सबैभन्दा कम वडा नम्बर ७ मा भएको छ ।

प्रतिक्रिया