मंगलबार, वैशाख १६, २०८२

त्रास कोरोनाको, बिरामी डेंगुका !

नेपालखोज २०७६ चैत २ गते ७:०१

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास फैलिएका बेला नेपालमा भने डेंगुका बिरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३६ बिरामी फेला परेका हुन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार पाँच प्रदेशमा डेंगुका ३६ बिरामी फेला परेका हुन्। पाण्डेका अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा डेंगुका बिरामी फेला परेका हुन्।

डा. पाण्डेका अनुसार डेंगुका सबैभन्दा धेरै बिरामी रुपन्देहीमा ११ जना फेला परेका छन्। उनका अनुसार काठमाडौं, ललितपुर र मोरङ जिल्लामा तीन/तीन गरेर ९ जना बिरामी भेटिएका छन्। महाशाखाका अनुसार प्रदेशगत रुपमा सबैभन्दा बढी ५ नम्बर प्रदेशमा १४ बिरामी भेटिएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया