गोली चलाएर ७ जना प्रहरीको हत्या
नेपालखोज
२०७६ चैत २ गते १४:४९
काठमाडौँ । शनिबार राति सात जना प्रहरीको हत्या भएको छ । प्रहरीले नै चलाएको गोलीबाट ७ जना प्रहरीको ज्यान गएको हो ।
अफगानस्थानको दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले गोली चलाएको समाचारहरुमा जनाइएको छ । कान्दाहार प्रहरीले गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ ।
प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार मध्यराति झारी जिल्लाको चारसाखी क्षेत्रमा उक्त घटना भएको जानकारी दिए । उनले तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको पनि बताए। ती प्रहरीको खोजी भैरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया