बिहीबार, वैशाख १३, २०८१

मुकेश चौरसिया हत्या प्रकरण : हत्यारालाई कारबाही गर्न माग

नेपालखोज २०७७ कार्तिक १३ गते ८:०३

काठमाडौं । सत्तारुढ नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको हत्यारालाई कारबाही गर्न नेकपाका ३७ केन्द्रीय सदस्यले माग गरेका छन् ।

स्थायी कमिटी सदस्य मातृका यादवसहित दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने ३७ केन्द्रीय सदस्यले हस्ताक्षर गर्दै वक्तव्य निकालेका हुन् । वक्तव्यमा ओली पक्षका कुनै पनि केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छैनन् । “घटनाको प्रकृति हेर्दा पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू निर्विवाद थिए । शपथग्रहण हुनमात्र बाँकी थियो । शपथ ग्रहण कार्यक्रमको आयोजना भयो ।

कार्यक्रम सुरु हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको योजनामा अपराधीहरू बाँसका भाटालगागयतका हतियारहरू बोकी कार्यक्रमस्थलमा पुगे । पार्टीको व्यानर र झण्डा च्यात्न थाले । क। मुकेश चौरसियाले रोक्नु भयो भने । अपराधीहरूले उहाँलगायत उहाँसँगै रहेका निहत्था कमरेडहरूमाथि आक्रमण गरे,” विज्ञप्तीमा भनिएको छ ।

घटनाको प्रकृति हेर्दा सुनियोजित रहेको उनीहरूको ठहर छ । “हामीलाई प्राप्त जानकारी अनुसार पीडित निवेदकको जाहेरी जिल्ला प्रहरी कार्यालय, पर्सा वीरगञ्जले अहिलेसम्म दर्ता गरेको छैन,” ३७ केन्द्रीय सदस्यले विज्ञप्तीमा भनेका छन्, “ जाहेरी दर्ता नगर्नु प्रहरीबाट कानुनी राज्यको खिल्ली उडाएको देखिन्छ ।”

हस्तक्षर गर्नेमा यादवका अतिरिक्त प्रदेश सहइन्चार्ज विश्वनाथ शाह, नागेन्द्र प्रसाद चौधरी र महेन्द्र पासवान छन् । त्यस्तै केन्द्रीय सदस्य रामचन्द्र झा, शत्रुध्नप्रसाद महतो, योगकुमार बरबरिया, श्रीप्रसाद साह, यदुवंश झा, सुधीरप्रसाद साह, अजयशङ्कर नायक, राजु खड्का, बोधमाया यादव, भरतप्रसाद साहलगायत सदस्य रहेका छन् ।

CamScanner 10-28-2020 16.09.00
CamScanner 10-28-2020 16.09.00

प्रतिक्रिया