३४ वर्षीया महिला मृत अवस्थामा फेला
नेपालखोज
२०७६ चैत २ गते १५:०२
गुल्मी । गुल्मीमा एक जना महिला मृत फेला परेकी छिन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिँडेकी महिलाको शव भिरमा भेटिएको हो ।
शवलाई पोष्टमार्टम गर्नको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया