काठमाडौंमा भुस्याहा कुकुरको आतंक, ५० जनालाई टोक्यो
नेपालखोज
२०७६ चैत ४ गते ७:०७
काठमाडौं । काठमाडौं महानगरपालिका पुतलीसडक छेउमा रहेको न्यूप्लाजाको देवी गल्लीमा भुस्याहा कुकुरको आतंक देखिएको छ ।
उक्त गल्लीमा करिब १५ वटा कुकुर एकै ठाउँमा बस्ने गर्छन र त्यो गल्ली भएर हिंड्ने प्रायः नयाँ मान्छेलाई झम्टने गर्छन ।
प्रायः विहान बेलुका मानिसहरुमाथि जाइलाग्ने ती कुकुरहरुले हालसम्म करिब ५० जनालाई टोकिसकेको स्थानीय शान्तराम भट्टराईले बताए ।
‘हामीले यी कुकुरले गर्दा निकै सास्ती पाएका छौं’, उनी भन्छन्, ‘रातभरि पनि भुकेर सुत्न दिंदैन, दिनमा टोकेर हैरान पारिसके ।’ समाचारपत्र दैनिकबाट
सम्बन्धित
प्रतिक्रिया