बिहीबार, चैत १५, २०८०

हलिउड स्टार ओल्गामा कोरोना भाइरसको संक्रमण

नेपालखोज २०७६ चैत ४ गते ९:२३

एजेन्सी । चर्चित हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छिन । ‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको इन्स्टाग्राममा जानकारी दिएकी छन् ।

उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा रहेको जनाएकी छिन् ।

उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेपछि म घरमै बसिरहेकी छु, एक हप्तादेखि ज्वरो र थकानले ग्रसित थिएँ, तपाईहरु आफ्नो ख्याल गर्नुहोस् र यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।’

यी बाहेक हलिउडका दुई दम्पती टम ह्यांक्स र रिता विल्सन, क्यानडियन प्रधानमन्त्री पत्नी सोफी, युनिर्भसल म्युजिकका सिइओ लुसियन ग्रेनगेलाई समेत कोरोना भाइरसको संक्रमण भएको पुष्टि पछि उनीहरु उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया