आइतबार, वैशाख ७, २०८२

काभ्रेमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

नेपालखोज २०७६ चैत ४ गते ९:३९

काभ्रे । सोमबार हिजो टिपरको ठक्करबाट आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती मंगलबार आज बिहानैदेखि तनाबग्रस्त बनेको छ ।

स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ ।  बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।

सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो ।

सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर टायर बाल्दै विरोध प्रदर्शन गरिरहेका थिए ।

स्थिति नियन्त्रण बाहिर नजाओस् भनी कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तिमल्सेनाले बताए ।

प्रतिक्रिया