सोमबार रातिदेखि इन्धनको मूल्य घट्यो
नेपालखोज
२०७६ चैत ४ गते १०:०३
काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मटीतेलतर्फ प्रतिलिटर दुई रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य घटाएको हो ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ, डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ कायम जानकारी दिए । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय आठ र डिजेल तथा मटीतेलको ९७ रुपैयाँ थियो ।
यस्तै आन्तरिकतर्फको हवाई इन्धनतर्फ चार रुपैयाँ ५० पैसा मूल्य घटाएर हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटका आधारमा इण्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया