शुक्रबार, चैत १६, २०८०

सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपालखोज २०७६ चैत ४ गते १०:४०

काठमाडौं । काठमाडौं स्सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज मंगलबार (चैत ४ गते) अन्तिम दिन हो । मंगलबार आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले फागुन २० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । यसमध्ये १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५५ ब्याज पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ‘नाममा ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

प्रतिक्रिया