बुधबार, असोज १०, २०८०

सुनको मुल्य एकैदिन २ हजारले घट्यो, आज ७५ हजार पाँच सयमा कारोबार हुँदै

नेपालखोज २०७६ चैत ४ गते ११:०३

काठमाण्डौं । लगातर उकालो लाग्दैँ आएको सुनको मुल्य पछिल्लो समय भने लगातार ओराले लाग्दै आएको छ । सुनको मुल्य आज मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।

आज सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मुल्य सोमबार हिजो तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी तोलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया