मंगलबार, वैशाख ११, २०८१

अर्को निर्णय नभएसम्म राष्ट्र बैंकको जिम्मेवारी चिन्तामणिलाई

नेपालखोज २०७६ चैत ४ गते २१:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालको समयावधि सकिएसँगै नेपाल राष्ट्र बैंक प्रमुख विहिन भएको छ । फागुन ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर नेपाल पाँच वर्षे कार्यकाल सकेर बाहिरिएका छन् ।

पाँच वर्षको कार्यकालमा नेपालले खासै उपलब्धी भने हासिल गर्न सकेनन् । यतिखेर गर्भनरका लागि लिगलिगे दौड शुरु पनि भईसकेको छ । कतिपयले राष्ट्र बैंक भित्रैबाट गर्भनर बनाउनु पर्ने सुझाव दिएका छन् भने कतिपयले राजनीतिक नियुक्ति गर्न लागि परेका पनि छन् ।

यद्यपी अहिलेलाई भने अर्को व्यवस्था नभएसम्मका लागि नेपाल राष्ट्र बैंकको जिम्मेवारी चिन्तामणि सिवाकोटीले पाएका छन् । अर्थ मन्त्रालयको मन्त्री स्तरीय निर्णयले सिवाकोटी कामु गर्भनर भएका हुन् । उनी नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका रुपमा कार्यरत थिए ।

नेपालको कार्यकाल सकिन एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने भए पनि सरकारले नियुक्त गर्न सकेको छैन । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले सिवाकोटीलाई अर्थमन्त्रालयले कार्यबाहकको जिम्मा दिएको हो । डेपुटी गभर्नर सिवाकोटी राष्ट्र बैंकको गभर्नर पदका लागि बलिया दाबेदारका पनि हुन् ।

प्रतिक्रिया