युरो कप एक वर्षका लागि सारियो
नेपालखोज
२०७६ चैत ५ गते ७:३४
काठमाण्डौं । युरोपियन फुटबल महासङ्घ (यूईएफए) को आयोजनामा हुने युरो कप एक वर्षका लागि सारिएको छ । यूइएफएले युरो कप २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण अहिले युरोपका धेरै देशहरुमा आपत्कालीन अवस्था घोषणा गरिएकाले त्यसको असर फुटबलमा पनि परेको हो ।
युरोपियन फुटबल महासङ्घले युरोपका सबै फुटबल सङ्घहरुसँग भिडियो कन्फ्रेन्स गरेर राय लिएको थियो । जसका आधारमा युरो कप एक वर्षका लागि सारिएको हो ।
सम्बन्धित
प्रतिक्रिया