उपत्यकामा हजार आइसोलेसन तयार
नेपालखोज
२०७६ चैत ५ गते ७:५७
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले काठमाडौंका विभिन्न स्थानमा रहेका अस्पतालमा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी दिए ।
सरकारले मंगलबार मात्रै काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्ने निर्णय गर्दै त्यसको आवश्यक चाँजोपाजो मिलाउने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको थियो ।
सरकारको सो निर्णयअनुसार १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको सचिव कोइरालाले बताए । सरकारले कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न उपत्यकामा १२० र उपत्यका बाहिर ११५ आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको थियो ।राजधानी दैनिकबाट
सम्बन्धित
प्रतिक्रिया