सोमबार, माघ २८, २०८१

लगातार रुघाखोकीले सताएको छ ? अपनाउनुस् यी घरेलु उपाय

नेपालखोज २०७६ चैत ५ गते ८:०९

१.नाक बजाउनुहोसः
रुघा लागेको बेला नाकलाई नियमित रूपमा सफा गर्नु जरुरी हुन्छ । त्यसका लागि एकापटिको नाकको प्वाल पुरिने गरी माथिबाट हातका औँलाले थिच्ने र अर्को खुला नाकको प्वालबाट ‘सीँ’ गर्नु उचित हुन्छ । दुवै नाक यसैगरी सफा गर्नुहोसस् र यति गरिसकेपछि हात र नाक दुवै सफा गर्नुहोस् ।

Advertisement

२.आराम गर्नुहोसः
रुघाखोकीमा किन आराम गर्ने भन्ने लाग्न सक्छ । रुघाखोकीमा आराम गर्दा रुघाखोकी छिटो निको हुने सम्भावना बढी छ किनभने तपाईं आराम गरेर बस्दा तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता केवल रुघाखोकी नियन्त्रणमै मात्र केन्द्रित हुन्छ र छिट्टै रुघाखोकी निको हुन्छ ।

३. कुल्ला गर्नुहोसः
मनतातो पानीमा नुन (सम्भव भए बिरेनुन) हालेर कुल्ला गर्नुहोस् । यसले तपाईंको घाँटीभित्रको सुख्खा भागलाई स्वस्थ्य पार्न धेरै मदत मिल्छ । दिनको चार पटक यसो गर्नु ठीक हुन्छ । कुल्ला गर्ने पानीमा नुनसँगै मनतातो पानीमा कागती राख्नु उचित हुन्छ ।

४.तातो तरल पदार्थ र फलफूल खानुहोसः
तातो पानी नियमति पिउँदा त्यसले बन्द भएको नाकलाई खुलाउन सहयोग गर्छ । अहिले त स्थानीय बजारहरूमा तुलसी लगायतका जडीबुटी राखिएका चियाहरू समेत उपलब्ध छन् । त्यस्तै, फलफूलमा पर्याप्त भिटामिन हुने भएकाले सबैखालका रोगसँग लड्दछ । तिनको सेवन गरे झनै राम्रो । यसर्थ, रुघाखोकीको बेला खासगरी सुन्तलजन्य फलफुल अत्यन्त लाभकारी हुन्छ ।

प्रतिक्रिया