प्रदेश २ को नाम जानकी प्रस्ताव गरेकोप्रति भट्टाराईको असन्तुष्टि !
काठमाडौं । समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी प्रस्ताव गरेकोमा असन्तुष्टि जनाएका छन् ।
कम्युनिस्ट भएर धार्मिक पात्रको नाम सिफारिस गरेकोमा बाबुरामले असन्तुष्टि जनाएका हुन् । यद्यपी प्रदेशसभामा मंगलबार भएको गोप्य मतदानमा जानकीसहित सबै नाम अस्वीकृत भएको छ ।
नाम अस्वीकृत भएपछि बाबुरामले ट्वीटरमार्फत कम्युनिस्ट नेकपाको सिद्धान्तमाथि प्रश्न उठाएका हुन् । उनले प्रदेश २ को नाम मधेस वा मिथिला भोजपुरामध्ये एक राख्नुपर्नेमा जोड दिएका छन् ।
‘नेकपा नाम गरेको दलको हर्कत देखेर मार्क्स–एंगेल्स–लेनिन–माओ जीवित भए के भन्दा हन् ? एउटा कम्युनिष्टले प्रदेशको नामाकरण कसरी कुनै मिथकीय धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ ? समग्र राष्ट्रिय र जातीय पहिचाननिम्ति मधेस ठीक हो ! भाषिक पहिचाननिम्ति मिथिला–भोजपुरा सही हो’, भट्टराईले भनेका छन् ।
प्रतिक्रिया