बिहीबार, माघ २४, २०८१

नयाँ सत्रको भर्ना नलिन सरकारको अपिल, एसईई परिक्षा अवधिभर अनावश्यक भीडभाड नगर्न आग्रह

नेपालखोज २०७६ चैत ५ गते १०:२२

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भए पनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।

Advertisement

माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेबाट सुरु भई १७ गते सकिने छ । ‘एसईई परीक्षा पूर्वनिर्धाति समय तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको छ,’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार अपिलपत्र जारी गर्दै भनेका छन्, ‘उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।

विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहलाई अनुरोध गरिसकिएको छ ।’

परीक्षा अवधिभरि कुनै पनि परीक्षा केन्द्रमा अनावश्यक भीडभाड नगर्न अभिभावक र स्थानीय जनसमुदायलाई अनुरोध गरिएको छ ।

यसैगरी, शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन मन्त्रालयले भनेको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम तथा सन्त्रास बढिरहेको हुँदा चालू वर्षको परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन मन्त्रालयले अपिल गरेको हो ।

प्रतिक्रिया