कोरोना भाइरस : इटालीमा एकैदिन ४ सय ७६ जनाको मृत्यु, विश्वभरी मृत्यु हुनेको संख्या ८ हजार पुग्यो
नेपालखोज
२०७६ चैत ६ गते ६:५५
काठमाडौं । विश्वभरी नै महामहारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव चीन पछि इटालीमा देखा परेको छ ।
इटालीमा कोरोना भाइरसबाट एकै दिनमा ४ सय ७५ जनाको मृत्यु भएको छ । तीव्र रुपमा फैलिएको कोरोनाको संक्रमणबाट इटालीमा मात्र मर्नेहरुको संख्या ३ हजार भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोरोनाको सबैभन्दा बढी प्रभाव फैलिएको इटालीको लोम्बार्डी शहरमा तीन सय १९ जनाको मृत्यु भएको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोरोनाको संक्रमणका कारण विश्वभर करिव ८ हजार मानिसको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कोरोना प्रभावितको संख्या दुई लाख भन्दा बढी पुगेको छ । एजेन्सी)
सम्बन्धित
प्रतिक्रिया