सोमबार, चैत ३, २०८१

सिरहामा कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ साउन २३ गते ९:५६

सिरहा । सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गोलबजार नगरपालिका निवासी २३ वर्षीय युवकको कोरोना संक्रमणबाट गएराती निधन भएको हो ।

Advertisement

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राती करिब ११ बजेतिर मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

सहायक प्रजिअ भण्डारीकाअनुसार उनको शव धरानबाट सिरहा ल्याउने तयारी भइरहेको छ । शव ल्याएपछि नेपाली सेनाको टोलीले अन्तिम संस्कार गर्नेछ । उनी मृगौला पीडित थिए । दुवै मृगौला बिग्रिएपछि उनले करिब तीन वर्षदेखि डायलासिस गराउँदै आएका थिए ।

प्रतिक्रिया