सोमबार, माघ २८, २०८१

पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना

नेपालखोज २०७६ चैत ६ गते ९:४०

काठमाडौं । समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । उनी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन् ।

Advertisement

‘ब्याक पेन’ भएर अस्पताल भर्ना हुनु परेको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे–ब्याक पेन भएर राति ८ बजेतिर अस्पताल भर्ना हुनुभएको हो ।

चिकित्सकको सल्लाहमा भट्टराई राति अस्पतालै रहेका थिए । एन्जिओग्रामलगायत जाँच–परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेर संयोजक भट्टराईलाई आजै डिस्चार्ज गरिने सचिव पाण्डेले बताए ।

प्रतिक्रिया