बिहीबार, वैशाख १३, २०८१

प्रचण्डको अभिव्यक्तिका कारण काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा

नेपालखोज २०७७ माघ ९ गते १३:१५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्तिका कारण काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले शुक्रबार काठमाडौंमा गर्ने विरोध प्रदर्शन आक्रामक हुन सक्ने विश्लेषणसहित प्रहरीले उपत्यकाको सडकमा सुरक्षा व्यवस्था कडा पारेकाे हो ।

यसघि प्रचण्डले आफ्नो टाउको चिलाएको र लाठी खान मन लागेको अभिव्यक्ति दिएका थिए । यस्तै आफ्नो आन्दोलन शाकाहारी हुँदा हेपेको भन्ने उनको अभिव्यक्ति थियो ।

प्रचण्डको यसै अभिव्यक्तिलाई ध्यानमा राख्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा परिरहेकाे बताए ।

काठमाडौं प्रहरी परिसरका अनुसार प्रदर्शनको क्षेत्रलाई ध्यान दिएर प्रहरी परिचालन गरिएको छ । सडकमा १५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने ट्राफिक प्रहरीले समेत टाउकोमा हेल्मेट लगाएका छन् ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसै दिन अनुमोदन गरेकी थिइन् भने आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकी थिइन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौं केन्द्रित वृहत् जुलुस र विरोध–सभा आयोजना गरेको हो ।

यो पनि

काठमाडौंमा आज प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, नौ स्थानबाट वृहत्त जुलुस निकाल्ने तयारी

प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन : उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

प्रतिक्रिया