सोमबार, माघ २८, २०८१

आज शुक्रबार माता अन्नपूर्णेश्वरीको पुजा गर्नुहोस, तपाईको आजको राशिफल

नेपालखोज २०७६ चैत ७ गते ६:००

आज शुक्रबार, हिन्दु धर्मशास्त्र अनुसार आजको दिन माता महालक्ष्मीको दिनको रुपमा लिइन्छ । आज माता महालक्ष्मीको पुजा गर्दा घर सुख, शान्ति आइ बैभवशाली भइन्छ भन्ने धार्मिक मान्यता छ ।

Advertisement

साथै आजको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मीका अवतारहरु सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पुजा गर्ने गर्दछन् । आजको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नाक तथा घाँटीमा समस्या आउन सक्छ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको कामपनि विग्रिएला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचिपनि बढ्नेछ ।

प्रतिक्रिया