आइतबार, असोज २७, २०८१

बेसारको प्रयोगले हुने फाइदाहरु

नेपालखोज २०७६ चैत ७ गते ६:०५

१. अनुहारमा आएका दाग धब्बा हटाउनका लागि बेसार निकै उपयोगी हुन्छ । बेसार र कालो तिललाई बराबर पीनेर पेस्ट बनाई उक्त पेस्ट दाग धब्बा भएका ठाउँमा लगाउनाले फाईदा हुन्छ ।

२. बेसारलाई दुधमा मिसाएर यसको पेष्ट बनाई अनुहारमा लगाउनाले छालाको रंगमा निखारता आउँछ । साथै अनुहार सुन्दर देखिन्छ ।

३. कलेजो सम्बन्धी समस्यामा बेसारको प्रयोग गर्नाले फाईदा पुग्छ ।

४. रुघा खोकी लागेका बेला दुधमा बेसारको धुलो मिसाएर पिउनाले रुघाखोकी निको बनाउँछ ।

५.पेटमा जुका परेमा प्रत्येक दिन बिहान एक चम्चा बेसारको धुलोमा केही नुन मिसाएर खाली पेट एक सातासम्म खानाले जुका तथा अन्य किराहरु समेत मर्छन् ।

६.बेसारको खाँचो टुक्रा मुखमा राखेर रस खानाले खोकीमा राहत मिल्छ ।

७.अनुहारमा अनावश्यक झुस आएमा नरिवलको तेलमा बेसारको धुलो मिसाएर पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई लगाउनाले अनावश्यक कपालबाट राहत पाउन सकिन्छ ।

८.सामान्यतया घाममा जाँदा छाला रुखो हुने तथा डढने समस्या हुन्छ । यसबाट बच्नका लागि बेसारको धुलो, बदामको चुर्ण तथा दही मिलाएर प्रभावित स्थानमा लगाउनाले राहत मिल्छ ।

प्रतिक्रिया