आइतबार, माघ २७, २०८१

कोरोना : प्रधानमन्त्रीले जनताका नाममा सम्बोधन गर्दै, आइतबारबाटै काठमाडौँ लकडाउनको घोषणा हुने सम्भावना

नेपालखोज २०७६ चैत ७ गते १४:५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् । कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न सम्बोधन गर्न लागेका हुन् । उनले यस विषयमा आज विहान उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग छलफल गरेका थिए । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्रीले आजै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नेछन् ।

Advertisement

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् । उनको घोषणामा काठमाडौँलाई लकडाउन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया