शनिबार, माघ २६, २०८१

टीभीएस मोटर कम्पनीद्वारा काठमाडौंमा नेपालका लागि राष्ट्रियस्तरको स्किल फेस्टको आयोजना

नेपालखोज २०८१ माघ ११ गते ११:२९

काठमाडौं । टीभीएस मोटर कम्पनीद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनले सहभागिता जनाएका छन् ।

Advertisement

प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्नीसइन्रू नेपालभर बाट छानिएका उत्कृष्ट टेक्नीसइन्रु हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर सले आफ्ना टेक्नीसियनको क्षमता वृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन् ।

यी शीर्ष ३० टेक्नीसियन मध्य बाट पनि उत्कृष्ट ५को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

विश्वव्यापी स्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा परिचित टीभीएस मोटर सले यो टेक्नीसियन भेटघाट विभिन्न देशका उत्कृष्ट टेक्नीसियनलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ आयोजना गरेको हो ।

यो कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तन उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पुर्याउन लक्षित रहेको छ । प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्नीसियनको चयन गरिएको छ । 

प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीको शृङ्खलाले टेक्नीसियनको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिको ज्ञान, र ग्राहक सेवा सीपको परीक्षा लिइएको थियो । प्रतियोगिता, सहभागीको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीसँग प्रत्यक्षता सिक्ने उल्लेखनीय अवसर पनि हो ।

टीभीएस मोटर्सको उत्कृष्टताप्रतिको प्रतिबद्धता उच्च-गुणस्तरीय सवारी साधन निर्माणमा मात्र सीमित छैन । कम्पनीले सेवा सञ्जालको मामिलामा पनि समान स्तरको प्रदर्शन कायम राख्न सकियोस् भन्ने कुरामा विशेष ध्यान केन्द्रित गरेको छ ।

यस्ता कार्यक्रममार्फत, टीभीएस मोटर सले बजारमा आफ्नो नेतृत्वलाई अझ बलियो बनाइरहेको छ । कुशल टेक्नीसियनले पनि ग्राहक सन्तुष्टि र विश्वास कायम राख्न उल्लेखनीय भूमिका खेल्ने कुरालाई विशेष दृष्टिगत गरेको कार्यक्रम मार्फत प्रस्ट हुन्छ । 

सीप विकास तथा नवप्रवर्तनको प्रबद्र्धनका लागि गरिएको लगानी मार्फत टीभीएस मोटर सले आफ्नो बजार नेतृत्वलाई अझ बलियो बनाउँदै गइरहेको छ । आयोजित प्रतियोगितामा नेपालका शीर्ष टेक्नीसियनको सहभागिताले देशको अटोमोटिभ सेवा क्षेत्रमा बढ्दो क्षमता र दक्षताको प्रमाण पनि दिएको छ । 

प्रतिक्रिया