सोमबार, माघ २८, २०८१

शरीरमा प्रोटिनको कमीले देखिने समस्याहरु

नेपालखोज २०७६ चैत ८ गते ५:५२

१. इम्युन सिस्टम कमजोर हुने
शरीरमा रोग लाग्न नदिन वा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन एक राम्रो विकल्प हुनसक्छ । प्रोटिनको कमी हुने व्यक्तिमा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । प्रोटिनले शरीरको कोषिका निर्माण गर्नुका साथै शरीरको एन्ट बडिज निर्माण गर्न सहयोग पु¥याउँछ ।

Advertisement

२. हड्डी भाचिने जोखिम
हड्डीको समग्र विकास तथा हड्डीको मजबुतीको लागि प्रोटिनको पनि महत्वपूर्ण भूमिका रहेकै हुन्छ । जो व्यक्तिले पर्याप्त मात्रामा प्रोटिनको सेवन गर्दैन, त्यस्ता व्यक्तिमा हड्डी कमजोर हुने समस्या निम्तीनुका साथै हड्डी फ्राक्चर हुने समस्या पनि बारम्बार उत्पन्न हुन्छ ।

३. हातखुट्टा सुन्निने
प्रोटिनकै कमीका कारण शरीरमा इडिमाको समेत समस्या निम्तने गर्छ । जसका कारण हातखुट्टामा फ्लुड जम्मा भए हातखुट्टा सुन्निने गर्छ ।

४.कपाल झर्ने
शरीरमा प्रोटिनको कमी भएमा यसले सबैभन्दा धेरै असर कपाललाई पार्ने गर्दछ । त्यसो त हाम्रो कपालको रौ किरेटिन नामक तत्वले बनेको हुन्छ, जुन हाम्रो कपालको जरामा उत्पादन हुने गर्छ । जब शरीरले पर्याप्त मात्रामा प्रोटिन पाउँदैन, तब कपाल फुस्रो हुने, पातलिने, टुक्रिने तथा कपाल फाट्ने गर्दछ ।

५.नङ टुक्रिने
मानिसको कपाल झै हातखुट्टाको नङ पनि केराटिनबाट बनेको हुन्छ । त्यसैले, शरीरमा प्रोटिनको कमी भएमा नङ चिरा पर्नुका साथै टुट्ने तथा भाच्चिने गर्दछ ।

६. छालाको समस्या
छाला रातो हुने, छालामा फोका आउने तथा छाला चिलाउने समस्या प्रोटिनको कमीका लक्षण हुन सक्दछन् । ओरिगन स्टेट युनिर्भसिटीले गरेको एक अनुसन्धान अनुसार शरीरमा प्रोटिनको कमी भएमा छाला सम्बन्धि एलर्जीहरु देखा पर्ने गर्दछ ।

७. मांसपेशी कमजोर हुने
मांसपेशी मजबुत बनाउन प्रोटिनको सेवन जरुरी छ । जब हामी प्रोटिनको सेवन गर्छौ, हामीले सेवन गरेको प्रोटिन अमिनो एसिडको रुपमा टुक्रिने गर्दछ र शरीरको मांसपेशीलाई आवश्यक पोषण प्रदान गर्दछ । जसका कारण मांसपेशी बलियो हुने गर्दछ ।

८.अनियमित महिनावारीको समस्या
अनियमित महिवारीका कारण धेरै महिलालाई समस्या हुने गर्छ । अनियमित महिनावारी विशेषगरी पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस्) का कारण हुने गर्छ । पिसिओएस भएमा महिलामा हर्मोन सम्बन्धि समस्या हुनेका साथै बाझोपनाको समस्या निम्तने गर्छ ।

प्रतिक्रिया