सोमबार, माघ २८, २०८१

विप्लवका जिल्ला इन्चार्जसहित २ जना पक्राउ

नेपालखोज २०७६ चैत ८ गते ८:४४

रौतहट । नेत्रबिक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्ज सहित २ जना पक्राउ परेका छन् ।

Advertisement

विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुबैजनालाई रौतहट र मकवानपुरको सिमाना नजिकैबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिप्लवका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेको डिएसपी हेमबहादुर शाहीले बताए । उनीहरुको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल र एकथान हैण्डगृनेड बरामद भएको डिएसपी शाहीले जानकारी दिए ।

दुबैजाना प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुलाई शनिबार आज १० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया