आइतबार, असोज २७, २०८१

भूमिहिन सुकुमबासीलाई जग्गा बाँड्दै सरकार

नेपालखोज २०७६ चैत ८ गते ८:५२

काठमाडौं । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमिहिन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउँने भएको छ ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले सुकुमबासी तथा भूमिहीनलाई आवासीय प्रयोजनका लागि पहाडको सहरी क्षेत्र र काठमाडौं उपत्यकामा बढीमा ६ आना तथा तराईको सहरी क्षेत्रमा बढीमा १० धुर जग्गा दिने प्रस्ताव गरेको हो ।

त्यस्तै, सहरी क्षेत्रबाहेक तराईमा आवासका लागि बढीमा एक कठ्ठा, खेतीपातीका लागि ६ कठ्ठा तथा पहाडमा खेतीपातीका लागि बढीमा १० आना जग्गा दिने प्रस्ताव मन्त्रालयले गरेको छ ।

काठमाडौं सहित ६ वटा महानगर र उपमहानगरभित्रका जग्गालाई सहरी क्षेत्र मानिएको छ । मन्त्रालयले तयार पारेको भूमिसम्बन्धी नियमावली संशोधन मस्यौदामा सुकुमबासी या भूमिहीनले आवास वा खेतीपातीमध्ये एउटा जग्गा रोज्नुपर्ने प्रस्ताव गरिएको छ ।

आवास या खेतीपातीका लागि स्वइच्छा अनुसार रोजेर जग्गा दिने व्यवस्था गरिएको छ । सरकारद्वारा गठित भूमि समस्या समाधान आयोगले १० वर्षदेखि सरकारी जग्गा अतिक्रमण गरेर बसेकालाई लालपुर्जा दिनेछ ।

प्रतिक्रिया