बिहीबार, चैत १५, २०८०

आमा छोरालाई नै कोरोना संक्रमण, बुहारीको रिपोर्ट आउन वाँकी

नेपालखोज २०७७ वैशाख २ गते १३:०८

काठमाडौं । कोरोना संक्रमणको शंका पाटन अस्पताल भर्ना भएका एकै परिवार मध्ये २ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालका कोरोना संक्रमितको संख्या १६ पुगेको छ । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्‍ने दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्‍थ्‍य तथा जनसंख्‍या मन्त्रालयले जनाएको छ ।

सोमबार र्‍यापिड डाइगोस्‍टोटिक टेस्ट (आरडीटी) मा कोरोना पोजेटिभ देखिएपछि सो अर्पाटमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

थप जाँचका लागि सोमबार नै उनीहरूको स्वाब जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । त्यहाँ पीसीआर मेसिनमा गरिएको जाँचमा ८१ वर्षीय अ‌ामा र ५८ वर्षीय छोरामा नतिजा पोजेटिभ देखिएको म‍न्त्रालयले जनाएको छ ।

५२ वर्षीय बुहारीको पहिलो परीक्षणमा कोरोना पोजेटिभ नदेखिएको मन्‍त्रालयले पुष्‍टि गरेको छ । मन्‍त्रालयका अनुसार संक्रमितको कन्‍ट्‍याक ट्रेसिङ सुरु भइसकेको छ ।

प्रतिक्रिया