शुक्रबार, माघ २५, २०८१

अत्यावश्यक शल्यक्रिया मात्र गर्न अस्पताललाई निर्देशन

नेपालखोज २०७६ चैत ८ गते १०:१३

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कता अपनाउनका लागि उपत्यकाका ५० शैया र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवा बन्द गर्न निर्देशन दिएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रिस्तरीय बैठकले कोरोना भाइरस समुदायमा छ छैन भन्ने अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार नमुना परीक्षणका लागि तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया